टिमोर लिस्टेसँग खेल्दैछ नेपाल

एएफसी एसियन कप छनोटको तयारीका लागि कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्दैछ । 

खेल दोहास्थित ग्राण्ड हमाद स्टेडियमा नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ ।

एसियन कप छनोट अघि दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका अनुसार नेपालले पहिलो मैत्रीपूर्णमा टिमोर लिस्टेसँग खेल्न लागेको हो । नेपालले २० जेठमा ओमानसँग दोस्रो मैत्रीपूर्ण खेल्नेछ । 

तर, दुवै खेल मैत्रीपूर्ण अभ्यास खेलको रुपमा मात्र रहेको छन् किनकि फिफाले यसलाई अन्तराष्ट्रिय मैत्रीपूर्णको मान्यता दिएको छैन ।

नेपाली टोली कतारबाटै छनोट खेलका लागि कुवेत जाने छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छनोटका लागि कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै टोलीको घोषणा गरिसकेका छन् । 

छनोटको समूह ‘ए’ मा नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । नेपालले आठ जुनमा जोर्डनविरुद्ध खेल्दै छनोटको सुरुवात गर्नेछ ।



यस्तै, नेपालले दोस्रो खेल कुवेतविरुद्ध ११ जुन तथा १४ जुनमा इन्डोनेसियाविरुद्ध अन्तिम खेल खेल्नेछ ।

 



नेपाली टोली

गोलकिपरः दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा
रक्षकः विकास खवास, सुमन अर्याल विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ

मिडफिल्डरः सुनिल बल, पुजन उपरकोटी, आकाश बुढामगर, एरिक बिष्ट, निरकुमार राई, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुरज ज्यु ठकुरी

फरवार्डः नवयुग श्रेष्ठ (कप्तान), आयुष घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की र मनिष डाँगी
 

  • प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार ११:३८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया