ओलीमाथि गगन थापाको टिप्पणी– रन्थनिएको बेला जसरी बोले पनि हुन्छ, हामीले विचारा भन्न सक्छौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि व्यंग्य गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि केपी शर्मा ओलीले गरेको टिप्पणीलाई उनले गन्थन र कुण्ठाको संज्ञा दिएका छन् । 

शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री थापाले केपी शर्मा ओली अहिले रन्थनिएको र यस्तो समयमा उनले जे पनि गर्न पाउने छुट भएको बताएका छन् । 

उनले यस्तो बेलामा जसरी बोले पनि आफूहरुले सहिदिनु पर्ने पनि बताएका छन् । प्रश्नहरु भएको भए त्यसको जवाफ हुने भन्दै थापाले अहिले ओली रन्थनिएको र यस्तो समयमा उनले बोलेका कुरा सुनिदिनु पर्ने बताएका छन् ।

‘नीति तथा कार्यक्रममाथिको छलफलमा प्रारम्भमै घण्टौंको गन्थन प्रस्तुत भैसकेपछि केही साथीहरूले भन्नुभयो, गन्थनमा व्यक्त भएको प्रत्येक कुराको उत्तर दिनुपर्छ । मैले साथीहरूलाई भनेँ, प्रश्नको उत्तर हुन्छ । विचारमा टिप्पणी हुन्छ । प्रतिक्रियामा सहमतिरअसहमति व्यक्त हुन सक्छ । तर, कुण्ठामा त्यस्तो केही पनि हुँदैन,’ उनले भने ।

‘कुण्ठामा केवल सहानुभूति हुन्छ । त्यसैले यो बेलामा साथीहरूले भन्नुभयो घण्टौं बसेर बोल्ने, भैले भनें, यतिखेर रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ । पलेटी कसेर बोले पनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुनिदिनुपर्छ,’ थापाले भने ।

कहाँ बोल्ने ? कहिले बोल्ने ? भन्ने विषयमा स्वमं बोल्नेले हेक्का राख्नुपर्ने विषय भएको थापाले बताएका छन् ।





  • प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार १३:१०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया