मुगुमा आइतबारदेखि यार्सा संकलन खुल्ला

मुगुमा आइतबारदेखि यार्सागुम्बा संकलन गर्न पाइने भएको छ । जिल्लाको पूर्वी मुगम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सागुम्बा संकलनका लागि प्रवेश खुल्ला गरिने भएको हो।

सो गाउँपालिकाको वडा नं २ मा पर्ने रिमार, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, चार्कुलगायतका वनमा यार्सागुम्बा पाइन्छ। यार्सागुम्बा संकलनका लागि जिल्लावासी र जिल्ला बाहिरबाट आउने सर्वसाधारणका लागि भोलिदेखि प्रवेश खुल्ला गरिने भएको हो।

उक्त वन क्षेत्रमा प्रवेशका लागि गाउँपालिकाले कर उठाउने गरेको छ। कर बुझाएका संकलकले १५ गते बिहान वन क्षेत्रमा प्रवेश गर्न पाउने भएका हुन ।

यार्सा संकलनका लागि प्रवेश शुल्क जिल्लावासीलाई दुई हजार र बाहिरी जिल्लाका लागि दुई हजार पाँच सय निर्धारण गरिएको छ।

यार्सा संकलन अवधिभर संकलनकर्तालाई​ असुरक्षा महसुस हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गस्ती गर्नेछ।





  • प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार १७:५३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया