लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार स्पष्ट छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालकै भूभाग भएकोमा सरकार स्पष्ट रहेको बताएका छन् ।

उनले प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।

उनले नेपाल सरकार नेपाली भूमिको रक्षा गर्न प्रतिबद्ध रहेको पनि बताए ।

सीमासम्बन्धी विषय संवेदनशील हुने भन्दै वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ भन्ने मान्यता सरकारको रहेको उनको भनाइ छ ।

उनले यसअनुसार हाम्रो कूटनीतिक संवाद जारी रहेको पनि उनले सुनाए ।

'लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूमि हो भन्नेमा नेपाल सरकार स्पष्ट छ । सीमासम्बन्धी विषय संवेदनशील हो भने वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ' उनले भने 'यसअनुसार हाम्रो कूटनीतिक संवाद जारी छ ।' 



सीमासम्बन्धी विषयलाई नीति तथा कार्यक्रममा पनि उचित स्थान दिएको उनले बताए ।
 



  • प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार १९:४७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया