सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ ।
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको शनिबार बसेको बैठकबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
त्यसअघि नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिएका थिए । नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा संसदमा प्रस्तुत गरेकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।