प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले हचुवाका भरमा नागरिकता बाँड्न नसकिने बताएका छन्। सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०७९–०८० को नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा देउवाले सबैसँग छलफल गरेर नागरिकता कानुन ल्याउने बताए ।
‘नागरिकतामा सम्बन्धमा छलफल भइरहेको छ। आमाबाबु नागरिक भइसकेको अवस्थामा नागरिकताबाट वञ्चित भएका छोराछोरीलाई पनि नागरिकता दिने विषयमा छलफल गरेर राष्ट्रिय सहमति गर्ने पक्षमा छौ,’ उनले भने, ‘नागरिकता हचुवाका आधारमा वितरण गर्न मिल्दैन, राष्ट्रिय सहमति चाहिन्छ। त्यसका लागि पहल गरिरहेका छौँ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।