लमजुङका सामुदायिक र निजी विद्यालयमा पाठ्यपुस्तक अभाव

जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु भए पनि हालसम्म विद्यार्थीले पाठ्यपुस्तक अभाव भएको छ । लमजुङका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक अभाव भएको हो । पाठ्यपुस्तकको अभाव हुँदा पठनपाठनमा समस्या भएको विद्यालयहरूको गुनासो छ ।

बेँसीसहर नगरपालिका–११ चितीमा रहेको जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक अशोक श्रेष्ठका अनुसार आवश्यकताअनुसार विद्यार्थीले किताब पाएका छैनन् । पुस्तक पसलहरूमा किताब उपलब्ध नहुँदा विद्यालयसम्म ल्याउन सकिएको छैन । अघिल्लो वर्ष प्रयोग भएका किताबलाई ल्याएर पठनपाठन गर्न थालिएको छ ।

जेठ ४ गतेबाट पठनपाठन थालिएकोमा किताब अभाव भएकाले पाठ्यक्रमअनुसार अध्ययन गराउने र गृहकार्यमा केन्द्रित गरिएको बताए ।  अन्य कक्षाका विद्यार्थीलाई पुराना किताबमार्फत पठनपाठन गरिए पनि कक्षा ४, ७ र ९ को कोर्स परिवर्तन भएकाले समस्या भएको हो ।

विद्यार्थीहरूसँग भएका केही पुराना किताब र विद्यालयमा भएको पुराना किताबले पठनपाठन भइरहेको छ । जनविकास माध्यमिक विद्यालय बेँसीसहरका प्रधानाध्यापक रत्नमान श्रेष्ठले पुराना किताब खोज्ने र त्यसैबाट अध्यापन गराउने गरेको बताए । कक्षा ४, ७ र ९ बाहेकलाई पुराना किताबबाट पठनपाठन गरिएको छ । किताब उपलब्ध नहुँदा विद्यार्थी, शिक्षकलाई समस्या भएको उनको भनाइ छ । 

शिक्षा विकास तथा समन्वय इकाई लमजुङका प्रमुख वीरबहादुर गुरुङका अनुसार विद्यालयमा पाठ्यपुस्तक अभाव भएको विद्यालयले गुनासो गरेको बताए । 

निर्वाचनका कारण पुस्तक छपाइमा ढिलो भएको उनको भनाइ छ। लमजुङमा ०७८ सम्मको तथ्यांकअनुसार सामुदायिक विद्यालयतर्फ २५ हजार ८१० विद्यार्थी छन् । निजीतर्फ आठ हजार ४९२ जना छन् । सामुदायिक विद्यालय ३३६ वटा छन् । निजीतर्फ ३३ वटा विद्यालय छन् ।





  • प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार २१:३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया