रियल मड्रिडले १४ औंपटक युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । गएराति इंग्लिस क्लब लिभरपुललाई १–० ले हराउँदै मड्रिडले १४ औंपटक च्याम्पियन्स लिगको उपाधि जितेको हो । पछिल्लो ९ सिजनमा रियलले पाँचौंपटक च्याम्पियन्स लिग उपाधि जितेको हो ।
१४ औंपटक उपाधि दिलाउने क्रममा पेरिसमा भएको खेलमा भिनिसियस जुनियरको गोल निर्णायक सावित भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा म्याड्रिडका लागि खेलको ५९ औं मिनेटमा जुनियरले फेडे भाल्भेर्डेको पासमा गोल गरेका थिए ।
निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा दुवै टोलीले केही अवसर खेर फाल्दा गोल गर्ने मौका गुमाए । १७ पटक फाइनल खेलेको रियलले ३ पटक पराजय बेहोरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।