टिमोर लिस्टेसँग हारबाट जोगियो नेपाल

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मैत्रीपूर्ण अभ्यास खेलमा टिमोर लिस्टेको–२३ सँग बराबरी खेलेको छ । कतारको दोहास्थित ग्राण्ड हमाद स्टेडियमा भएको खेल २–२ को बराबरी सकिएको हो ।

पहिलो हाफमा दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै नेपालले दोस्रो हाफमा गोल फर्काएको थियो । टिमोर लिस्टेले ४४ औं मिनेट र पहिलो हाफको थप गरिएको समयमा गोल गरेको थियो ।

नेपालले ५१ औं र ७२ औं मिनेटमा  गोल फर्कायो । एएफसी एसियन कप छनोट अघि दोहामा दुई मैत्रीपूर्ण अभ्यास खेल खेल्ने तालिका अनुसार नेपालले पहिलो खेलमा टिमोर लिस्टेसँग खेलको हो ।

नेपालले २० जेठमा ओमानसँग दोस्रो मैत्रीपूर्ण अभ्यास खेल खेल्नेछ ।  





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार ६:५०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया