जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न पुटिनमाथि फ्रान्स र जर्मनीको दबाब

फ्रान्स र जर्मनीका नेताहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सीधा र गम्भीर वार्ता गर्न आग्रह गरेका छन् । फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रो र जर्मनीका चान्सलर ओलाफ सोल्जले राष्ट्रपति पुटिनसँग गरेको ८० मिनेट लामो टेलिफोन वार्तामा यस्तो आग्रह गरेका हुन् ।

उनीहरू दुवैले ‘तत्काल युद्धविराम र रुसी सेना फिर्ता गर्न जोड दिएको’ जर्मनीको चान्सलरको कार्यालयले जनाएको छ । ​क्रेमलिनका अनुसार रुसी नेता पुटिनले किभसँग पुनः वार्ता सुरु गर्न मस्को तयार रहेको बताए । तर, पुटिन र जेलेन्स्कीबीचको प्रत्यक्ष वार्ताको सम्भावनाबारे भने कार्यालयले केही उल्लेख गरेको छैन ।   





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार ९:४७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया