राजेन्द्र लिङ्देनले निवासमै पुगेर दिए मेयर साम्पाङलाई बधाई

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङलाई बधाई दिएका छन् । स्वतन्त्रबाट मेयरमा विजय भएका साम्पाङलाई राप्रपा अध्यक्ष लिङ्देनले निवासमै पुगेर बधाई दिएका हुन् । 

राप्रपा धरानले विजयपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्न पुगेका लिङ्दनेन साम्पाङलाई भेट गरी बधाई तथा शुभकामना दिएका राप्रपा केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

साम्पाङ केही दिनअघि सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई हराउँदै मेयरमा विजयी भएका थिए । उनी २० हजार ८२१ मतका साथ मेयरमा विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त पाए । 





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १०:१७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया