लेतेबाट ताराको विमान दुर्घटना भएको अनुमान गरिएको स्थान लार्जुङ पुग्न लाग्छ ३ घन्टा

आइतबार बिहानदेखि बेपत्ता भएको जहाज चार घण्टामा पनि भेटाउन सकिएकी छैन । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज आइतबार बिहान १० बजेदेखि सम्पर्कविहीन छ ।

विमान लार्जुङ आसपास दुर्घटना भएको अनुमान गरिएको छ । त्यहाँका स्थानीयले विमानको आवाज सुनेको बताएका छन् । मौसम खराबीका कारण जहाज खोज्न भने समस्या भएको छ ।

लेतेबाट लार्जुङस्थित सम्भावित दुर्घटना स्थल पुग्न ३ घण्टा लाग्ने लेतेका सोमल हिराचनले बताए । उनले पैदलमार्गबाट जाँदा तीन घण्टा जति लाग्ने बताएका हुन् ।

अहिले हेलिकोप्टरमार्फत र स्थलमार्गबाट खोजीकार्य जारी छ । विमान खोज्न सेना र प्रहरी परिचालन गरिएको छ । 

तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि सम्पर्कविहीन भएको थियो । जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु सवार थिए ।





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १४:१७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया