लमजुङको कोइलानीमा टिपर दुर्घटना, घटनास्थलमा ४ जनाको मृत्यु

लमजुङको मध्यनेपाल नगरपालिकाको ७ नम्बर वडाको भाटवेसीनजिकै पर्ने कोइलानीमा भएको टिपर दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेहरुको सनाखत हुन बाँकी छ । 

आज दिउँसो कल्याङबेसीबाट रामबजारतर्फ आइरहेको टिपर दुर्घटनामा परेको हो । मध्यपहाडी लोकमार्गको निर्माणका लागि खटिएकाहरुको दुर्घटनामा मृत्यु भएको हो ।

दुर्घटनामा परेर मृत्यु भएकाहरु सबै मध्यपहाडी लोकमार्ग निर्माणमा खटिएकाहरु छन् । मृतक सबै पुरुष रहेका छन् ।

 





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १७:४९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया