विश्वकै धनी जेफ बेजाेस: किंग अफ साइबर कमर्स

साेमबार मात्र अमेजन विश्वकाे सबैभन्दा ठूलाे कम्पनी बन्याे । अमेजनले यसअघि सबैभन्दा ठूलाे कम्पनी माइक्राेसफ्टलाई पनि पछाडि पार्याे । यही विश्वकाे सबैभन्दा ठूलाे कम्पनीका संस्थापक हुन् जेफ बेजाेस ।

हिजोआज मान्छेको व्यस्तता बढेको छ । आफूलाई चाहेको खानेकुरा पनि पसल गएर किन्ने समय छैन । त्यसैका लागि विभिन्न उपाय निस्केका छन् । प्रविधिको प्रयोग गरिएको छ । खाने कुराको मात्रै के कुरा, मान्छेलाई चाहिने सबै वस्तु अब एउटा सानो क्लिकमा नै पाउने भएपछि समयको सदुपयोग पनि भएको छ ।

अमेजन सुरु गर्नुपूर्व सायदै जेफ बेजोसले सोचेका थिए होलान्, एउटा सानो क्लिकमा विश्वभरका साना–ठूला सामान किन्न सकिन्छ । तर, आज यो सबै उनले नै सम्भव बनाएका छन् । पछिल्लो समयमा खुद्रा पसलको लोकप्रियता कम हुँदै गइरहेको छ । यस्ता पसलले आफ्नो अस्तित्व बनाइराख्न संघर्षरत छन् । यसै अवसरलाई ‘क्याच’ गर्दै बेजोसले अमेजनको साम्राज्य निमार्ण गर्ने फैसला गरेको हुनुपर्छ ।

सन् १९९४ मा बेजोसले अमेजनको सुरुवात गरेका थिए । कुनै बेला पुराना किताब बेच्ने कम्पनी अहिले विश्वको पहिलो खर्बौं डलरको कम्पनी बनेकाे छ । किताबबाट सुरुवात भएको कम्पनीले अहिले सबै खालका सामान बेच्छ । यसै कम्पनीका मालिक जेफ बेजोस अहिले विश्वका सबैभन्दा धनी मान्छे हुन् । तर, उनको लक्ष्य जमिन र आकाससम्म मात्रैको छैन, उनी अब अन्तरिक्षबारे पनि सोच्न थालेका छन् ।

सन् २००४ मा उनले ‘ब्लु ओरिजिन’ नामको एक एरोस्पेस फर्मको स्थापना पनि गरेका थिए । यो कम्पनीले अबको केही वर्षमा नै अन्तरिक्ष यात्राको लागि टिकट बेच्ने योजना पनि बनाइरहेको छ । 

स्पेस कोलोनीको कल्पना 



जेफ बेजोसको महत्वकांक्षा कतिसम्म छ भन्ने विषयमा केही वर्ष पहलेदेखि अनुमान लगाउन थालिएको थियो । सन् १९६४ जनवरी १२ मा न्यु मेक्सिकोमा जन्मेका बेजोसको जीवनमा निकै धेरै उतार चढाव आए । उनकी आमा जेकी जोरगन्सन र पिता टेड जोरगन्सन हुन् । जेफको जन्म हुँदा उनकी आमा जम्मा १७ वर्षकी थिइन् । उनका माता पिताको सम्बन्ध एक वर्ष मात्रै चल्यो ।

त्यसपछि दुवैको सम्बन्ध विच्छेद भयो । त्यसपछि जेफले उनकी आमा र सौतेनी पिता माइक बेजोससँग टेक्सास र फ्लोरिडामा बसेर पढे । सन् २०१३ मा प्रकाशित उनको बायोग्राफीका अनुसार, इन्जिनियरिङ र विज्ञानको विषयमा तीन वर्षको कलिलो उमेरदेखि नै उनको झुकाब थियो । उनले त्यो उमेरमै स्कुड्राइभले आफ्नो खेलौना खोलेका थिए । उच्च शिक्षा अध्ययनपछि उनले दिएको भाषणमा आफ्नो कल्पना अन्तरिक्षमा कोलोनी बनाउनेसम्म रहेको बताएका थिए । सन् १९८६ मा प्रिन्सटन विश्वविद्यालयबाट इलेक्ट्रोनिक इन्जिनियरिङ ब्याचलर इन साइन्समा डिग्री गरे ।



त्यसपछि न्युयोर्कको फाइनान्सियल अफिसमा उनले काम सुरु गरे । सोही समयमा उनको आफ्नी पत्नी मैकेजीसँग पहिलो पटक भेट भयो । उनकी पत्नी एक उपन्यासकार थिइन् । इन्जिनियरिङ र विज्ञान तर्फको उनको झुकाब, कल्पना र महत्वकांक्षा नै अमेजनको सुरुवात हुन गयो ।

जागिर छोडेर व्यवसाय सुरुवात 

इन्टरनेटको बढ्दो प्रभावलाई पछ्याउँदै ३० वर्षको उमेरमा जेफ बेजोसले आफ्नो कम्पनीको सुरुवात गरे । सन् २०१० मा दिएको भाषणमा भने उनले यस निर्णयलाई असुरक्षित बाटो बताएका थिए ।

उनले भनेका थिए– ‘मैले एकै झड्कामा केही गर्ने फैसला लिएको थिएँ । मैले कोसिस गरेर सफल भइन भने कहिल्यै पनि नराम्रो नमान्ने सोचेको थिएँ । तर, एकपटक पनि कोसिस नगरेको खण्डमा अवश्य पछुताउने थिएँ ।’ 

इ–कमर्सका ‘किङ’ 

जेफले इ–कमर्स कम्पनीमा निजी र पारिवारिक गरी एक लाख डलर लगानी गरे । त्यसपछि उनले यो कम्पनीलाई तुरुन्तै आफ्नो अपेक्षा अनुसार परिवर्तन गरे । अमेजनको सुरुवात पुराना किताब बेच्ने आइडियाबाट गरे । ब्रैड स्टिोनको किताब ‘द एभ्रिथिङ स्टोरः जेफ बेजोस एन्ड द ऐज अफ अमेजन’का अनुसार अमेजनको सन् १९९५ मा लन्च गरेपछि एक महिनाभित्र यसले ४५ देशबाट अडर लिएको थियो ।

पहिलो पाँच वर्षमा अमेजनको ग्राहकको संख्या १ लाख ८० हजारबाट बढेर १ करोड १७ लाखसम्म पुग्यो । यसको बिक्री ५ लाख ११ हजार डलरबाट बढेर १.६ अर्ब डलर भयो । सन् १९९७ पछि हेर्दाहेर्दै जेफ बेजोस ३५ वर्षको उमेरमा भन्दा पहिले नै विश्वको सबैभन्दा धनी व्यक्ति बने । सन् १९९९ मा टाइम म्यागजिनमा उनलाई नयाँ ट्याग भिराएको थियो– ‘किंग अफ साइबर कमर्स ।’ 

नयाँ प्रयोगबाट निडर 

जेफ बेजोस नयाँ प्रयोग गर्न र पैसा कमाउनको लागि पैसा लगानी गर्न डराउँदैनन् । मूल्य घटाएर होस् वा फ्रिमा सामान घरमा नै पुर्याएर होस्, या फेरि किन्डल इ–रिडर जस्ता डिभाइस बनाउन पनि उनले निकै लगानी गरे । तर, संभव भएको ठाउँमा बचत गर्न पनि अमेजन पछि हटेन ।

यस कम्पनीको मुख्यालयमा रहेका कर्मचारीको पार्किङ शुल्क लिन, आफ्नो कम्पनीमा काम गर्ने कर्मचारीको संघ बनाउन विरोध गर्ने र जति सक्यो कम ट्याक्स तिर्न कम्पनी पछि परेन । 

उनीमाथि उठेका केही प्रश्न 

अमेजनलाई लिएर बजारमा एकाधिकार जमाउने खतरा, ट्याक्स नतिर्ने र श्रम कानुनको पालना नगरेको जस्ता आरोप पनि नलागेका होइनन् । अमेरिकी पोर्टल सर्भिसदेखि सिपिङ अनावश्यक कम दरमा फाइदा उठाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीमाथि आरोप लगाएका थिए । पछिल्लो समयमा यो सबै समस्याको लागि उनी ट्विटरमा धेरै सक्रिय हुन थालेका छन् । उनी आफ्नो आमा बाबुको फोटोदेखि कुकुरको भिडियोसम्म सेयर गरिरहेका हुन्छन् ।


  • प्रकाशित मिति : पुस २५, २०७५ बुधबार ०:३६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया