गैरआवासीय नेपालीले शेयरको दोस्रो बजारमा लगानी गर्न पाउने, वैदेशिक रोजगारीमा गएकालाई १० प्रतिशत कोटा

शेयर बजारमा गैर आवासीय नेपालीको लगानी खुल्ला गर्न सरकारले कानुनी व्यवस्था मिलाउने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट भाषण गर्दै गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीले पनि लगानी गर्ने वातावरण बनाउने बताएका हुन् ।

त्यस्तै, सेयरको प्राथमिक निष्काशनमा वैदेशिक रोजगारीमा रहेकाले १० प्रतिशत आरक्षण पाउने भएका छन् ।

'धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीको लगानी खुल्ला गर्न कानुनी व्यवस्था मिलाइने छ । वैदेशिक रोजगारमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्काशनमा १० प्रतिशत शेयर आरक्षण गर्ने व्यवस्था मिलाएको छु' उनले भने ।





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १८:२५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया