६८ वर्षमा नै वृद्धभत्ता पाउने व्यवस्थाप्रति बाबुराम असन्तुष्ट, भने - म लिन्नँ

जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वृद्धभत्ता नलिने बताएका छन् । 

आज संसद्मा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटबारे प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । त्यस्तै उनले बजेटमा ६८ वर्षमा नै वृद्धभत्ता पाउने व्यवस्था गरिएकोप्रति असन्तुष्टि जनाए ।

'म पनि ६८ वर्ष पुग्दै छु । वृद्धभत्ता मैले पनि पाउने भएँ । जनतामा बोझ थोपर्न चाहन्नँ । म नलिने घोषणा गर्न चाहन्छु' उनले भने ।

उनले वृद्धभत्ता पाउने उमेर घटाउन आवश्यक नभएको बताए । सामाजिक सुरक्षाभन्दा एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनुपर्नेमा पुरानै तरिकाको आएको उनको भनाइ छ ।

'घटाउन आवश्यक थिएन । सामाजिक सुरक्षाभन्दा एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनुपर्थ्यो,' उनले भने, 'यो पुरानै ढंगले आयो ।'





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १९:२१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया