सरकारले आफ्नो सीमा र हैसियत बिर्सेर बजेट ल्यायो : विष्णु पौडेल

नेकपा(एमाले)का सांसद तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेट अनुत्तरदायी र हावा भएको टिप्पणी गरेका छन् । 

अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गरेपछि संसद भवन बाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

सरकारले आफ्नो सीमा र हैसियत बिर्सेर बजेट ल्याएको उनको भनाइ छ । उनले अर्थमन्त्रीको पदीय हैसियतलाई दुरुपयोग गरेर चुनावमा भोट बटुल्नका लागि मात्रै बजेट आएको बताए ।

उनले सरकारले राखेको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पुरा हुन नसक्ने बताए । निश्चित नेताहरुलाई लक्षित गरेर बजेट आएको उनले बताए ।





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार २०:३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया