आगामी वर्षको बजेटमा समेटिए भरतपुर महानगरका यी ९ कार्यक्रम
फाइल तस्वीर

आगामी आर्थिक वर्षको बजेटमा चितवनको भरतपुर महानगरपालिकाका मुख्य ९ वटा कार्यक्रम परेका छन् । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा भरतपुरका ९ वटा कार्यक्रम समेटिएका हुन् ।

बजेटमा समेटिएका योजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, महानगरको ढल व्यवस्थापन, नारायणी नदीमा सिग्नेचर पुल, औधोगिक क्षेत्र , उधोग ग्राम, शिक्षक अस्पताल रहेका छन् ।

त्यस्तै, नारायणी नदीमा तटबन्ध र नारायणीको पर्यटन विकास, महानगरको प्रशासनिक भवन, सिँचाइ तथा खानेपानी, शहरी पूर्वाधार विकास कार्यक्रम रहेका छन् ।

त्यस्तै, काठमाडौं-चितवन १ घन्टामा पुग्ने गरि द्रुत मार्ग एवं चितवनबाट पोखरा, बुटवल र निजगढ द्रुत मार्ग निर्माणसम्बन्धी योजना पनि बजेटमा समेटिएका छन् ।





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार २०:३०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया