विद्युती गाडीमा पनि अन्तःशुल्क बढ्यो

सरकारले ब्याट्रीको क्षमताअनुसार बिजुली गाडीको अन्त: शुल्क र भन्सार बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै विद्युतीय गाडीमा अन्तः शुल्क २० प्रतिशतले बढाएका हुन् । 

यसअघि युवराज खतिवडाले लगाएको अन्त:शुल्क विष्णु पौडेल हटाएका थिए। अहिले अर्थमन्त्री शमाले पुनः अन्तःशुल्क बढाएका हुन् । शर्माले १०० किलोवाट माथिका सवारीमा अन्त:शुल्क लगाएका हुन् ।

मोटर पिक पावर १०० किलोवाटदेखि २ सयसम्म ३० प्रतिशत, २०० देखि ३ किलाेवाटसम्म ४५ प्रतिशत र ३ सयभन्दा माथि ६० प्रतिशत अन्त:शुल्क लगाइएको छ ।

त्यस्तै, सरकारले १५ सय सीसीभन्दा बढीको गाडीमा अन्त: शुल्क पाँच प्रतिशतले बढाएको छ । 





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार २१:२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया