काठमाडौंका मेयर र उपमेयरले आज पदभार ग्रहण गर्दै

काठमाडौं महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सदस्यले आज पदबहाली गर्दैछन् । ३० वैशाखमा भएको स्थानीय निर्वाचनबाट महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह (बालेन) र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुनिता डंगोल निर्वाचित भएका छन् । 

कामपाको ३२ वडामा प्रमुख उपप्रमुखसहित १६२ जनप्रतिनिधि हुनुपर्ने भएपनि वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेको हुनाले यसपटक कामपामा १६० जनप्रतिनिधि रहनेछन् ।     

महानगरपालिकाको प्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी ५६, उपप्रमुख ३५ जनाको उम्मेदवारी परेको थियो । महानगरको ३२ वडामध्ये १९ मा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष पदमा विजय भएका छन् । १२ वडाध्यक्ष एमालेले जितेको छ । वडा नम्बर १५ मा एकीकृत समाजवादीको तर्फबाट प्यानलसहित कामपाको पूर्वप्रवक्तासमेत रहेका ईश्वरमान डङ्गोल विजय भएका छन् ।

काठमाडौं महानगरपालिकाको अन्तिम मतपरिणाम गत शुक्रबार सम्पन्न भएको थियो । ३ लाख २४२ मतदाता रहेको काठमाडौंमा १ लाख ९१ हजार व्यक्तिले मात्र मतदान गरेका थिए । जसमा ७ हजार ६८२ मत पूर्ण बदर भएको बताइएको छ ।  





  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार १०:२४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया