प्रदेश-१ को बजेट अधिवेशन आजदेखि सुरु, यस्तो छ कार्यसूची

प्रदेश-१ प्रदेशसभाको दशौं तथा बजेट अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । सोमबार ११ बजेपछि सुरु हुने बैठकमा प्रदेशसभाको दशौं तथा बजेट अधिवेशन आव्हान सम्बन्धी पत्र सभामुख प्रदीपकुमार भण्डारीले पढेर सुनाउने छन् । 

त्यस्तै, बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्बोधन गर्नेछन् । दलका नेताहरूको सम्बोधनपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयकमा समावेश हुने सिद्धान्त र प्रथामिकता सम्बन्धमा प्रस्ताव पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिए ।
 





  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार ११:२३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया