पोखरा–जोमसोम रुट निकै त्रासपूर्ण छ । विगत हेर्दा यहाँ ठूलाठूला दुर्घटना भएको देखिन्छ । आजभन्दा ७ वर्षअघि १२ फागुन २०७२ तारा एयरकै विमान दुर्घटना भयो । म्याग्दीमा दुर्घटना भएको सो दुर्घटनामा २३ जनाको ज्यान गएको थियो ।
१ जेठ २०६९ मा अग्नि एयरको विमान जोमसोममा दुर्घटना भयो । विमानस्थल नजिकै पानी ट्यांकीका दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाए । २०५६ सालमा पनि जोमसोम रुटमै पर्ने म्याग्दीको नारच्याङमा लुम्बिनी एअरको विमान दुर्घटना हुँदा चालक दलसहित १८ जनाको ज्यान गएको थियो ।
३ भदौ २०५९ मा जोमसोमबाट पोखरा फर्किएको साङ्ग्रिला एयरको विमान पोखरामा दुर्घटना भयो । तत्कालीन समयमा १८ जनाको मृत्यु भएको थियो । २०७३ साल भदौमा तारा एयरकै जहाज धावनमार्गबाट चिप्लिएर कालीगण्डकीमा खस्यो । तर तत्कालीन समयमा मानवीय क्षति थिएन ।
गण्डकी क्षेत्रमा दुर्घटना भएका जहाज अरू पनि छन् । २०१९ सालमा बागलुङको ढोरपाटनमा नेपाल वायुसेवा निगमको जहाज दुर्घटना हुँदा १० जनाले ज्यान गुमाए । सोही वर्ष नेपाल वायुसेवा निगमकै जहाज ढोरपाटनमै दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो ।
८ वर्षपछि २०२७ सालमा रोयल लाइट जोमसोममा दुर्घटना हुँदा एक जनाले ज्यान गुमाए । १८ वर्षअघि २०६२ सालमा यति एयरलाइन्सको विमान लमजुङमा दुर्घटनामा पर्दा ३ जनाले ज्यान गुमाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।