बागमती प्रदेश नीति तथा कार्यक्रमः छोरी बुहारी छात्रवृत्तिलाई निरन्तरता

बागमती प्रदेश सरकारले उच्च शिक्षा पढ्नको लागि छोरी–बुहारीलाई छात्रावृत्ति कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

आज बागमती प्रदेश सभामा बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले उच्च शिक्षा पढ्ने छोरी बुहारीलाई छात्रावृत्ति कार्यक्रमलाई निरन्तरता दिएको बताए । 

त्यस्तै, बागमती प्रदेश सरकारले प्रदेशभित्रका माध्यमिक तहका विद्यालयमा एक माध्यमिक विद्यालय, एक नर्स कार्यक्रमलाई निरन्तरता दिने भएको छ । 

प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त कार्यक्रमलाई प्रभावकारी बनाइने जानकारी दिए ।





  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार १७:३३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया