सत्तारुढ दलले जिल्ला समन्वय समितिको निर्वाचनमा पनि गठबन्धन गर्ने

सत्ता गठबन्धनमा रहेका दलहरुले जिल्ला समन्वय समितिको निर्वाचनमा पनि गठबन्धन गर्ने भएका छन् । ​बालुवाटारमा बसेको सत्तागठबन्धनका शीर्ष नेताको बैठकमा यस्तो सहमति भएको हो ।

सत्तारुढ दलले स्थानीय निर्वाचनमा अधिकांश स्थानमा गठबन्धन गरेका थिए । गठबन्धनका कारण सफलता प्राप्त भएको निष्कर्षका साथ बैठकले जिसस निर्वाचनमा पनि मिलेर जाने सहमति गरेका हुन् ।

बैठकले ७७ वटा जिल्ला समन्वय समितिमा पनि गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ आफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन दिने निर्णय गरेको छ । बैठकपछि बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारुढ पाँच दलीय गठबन्धनले ७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरुको कार्यपालिका सदस्यको निर्वाचनमा ५ दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन गर्ने निर्णय गरेको बताए । 

गठबन्धन देशको आवश्यकता भएकाले आवश्यकता पूरा नहोउन्जेलसम्म कायमै रहने बताए । मन्त्री कार्कीले संविधानको परिकल्पना गरेको समयसीमाभित्र नै आवधिक निर्वाचन हुने पनि स्पष्ट पारे । 

त्यस्तै, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निर्वाचनका बारेमा बेठकमा छलफल भएको बताए । सत्तारुढ पाँच दलीय गठबन्धनले ७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरुको कार्यपालिका सदस्यको निर्वाचनमा ५ दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ आफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन गर्ने निर्णय गरेको स्पष्ट पारे । 

पाँच दलीय गठबन्धनको बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, वरिष्ठ नेता रामचन्द्र पौडेल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतको उपस्थिति थियो ।  





  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार १८:३५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया