के रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिरामी छन् ?

केही दिन यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिरामी भएको समाचार अन्तर्राष्ट्रिय सन्चारमाध्यममा आइरहेका छन् ।

केही सन्चारमाध्यमले त उनी निकै बिरामी भएको र सार्वजनिक रुपमा समेत नदेखिएको बताउन थालेका छन् । 

तर, रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभले पुटिन बिरामी भएको चर्चा अफवाह मात्र भएको बताएका छन् ।

फ्रान्सको एक टिभीलाई अन्तर्वार्ता दिँदै उनले पुटिन अहिले पनि प्रत्येक दिन सार्वजनिक कार्यक्रममा देखिएको बताएका छन् । अनि पुटिनमा अहिले कुनै पनि समस्याको लक्षण नदेखिएको उनले बताएका छन् । 

युक्रेनमाथि आक्रमण गरेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अहिले पनि विश्वबाट आलोचित छन् । 

यहीबीच उनलाई क्यान्सर भएको समाचारहरु आएका थिए ।





  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार ६:३६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया