रियल मड्रिडका मिडफिल्डर इस्कोले समरमा क्लब छोड्ने घोषणा गरेका छन् । सन् २०१३ मा मालागाबाट मड्रिड अनुबन्धित भएका इस्कोले क्लबबाट २ सय ५० खेल खेलेका छन् ।
स्पेनिस मिडफिल्डर इस्कोले रियल मड्रिडबाट पाँच च्याम्पियन्स लिग र तीन ला लिगाको उपाधि जितेका छन् । यद्यपि, पछिल्लो केही सिजनयता भने इस्को रियलको धेरैजसो खेलमा बेन्चमा सीमित बन्दै आएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।