त्रियुगाको मेयरमा कांग्रेसका बस्‍नेत विजयी, उपमेयरमा एमालेले बाजी मार्‍यो

उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका बसन्तकुमार बस्‍नेत र उपप्रमुखमा नेकपा एमालेकी महेश्‍वरी राई निर्वाचित भएका छन् ।

सोमबार सार्वजनिक मत परिणामअनुसार बस्‍नेत १३ हजार ९ सय ५९ र राई १३ हजार ७ सय ३ मत प्राप्त गर्दै मेयर र उपमेयरमा निर्वाचित भएका हुन् ।

बस्‍नेतका निटकतम प्रतिद्वन्द्वी एमालेका भागवत राउतले ११ हजार ८ सय ७३ मत पाउँदा उपमेयरमा राईकी निटकटम प्रतिद्वन्द्वी सरिता राईले ११ हजार ९ सय ८१ मत पाएकी छिन् ।

नेकपा (माओवादी) सँग गठबन्धन गरेर मेयरमा उठेका नेकपा (एकीकृत समाजवादी) का वलदेव चौधरीले ९ हजार १ सय ४७ मत पाए । उपमेयरकी प्रत्यासी माओवादीकी गीता खड्का कार्कीले ६ हजार ५ सय ६८ मत पाएकी छन् ।  

गठबन्धन नगरी एक्लै लडेको कांग्रेस १६ मध्ये ९ वडामा कब्जा जमाउन सफल भएको छ । एमालेले चार र माओवादीले तीन वडाध्यक्ष जितेको छ । 

कांग्रेसले १, ३, ४, ५, ८, ९, ११, १२ र १३ नम्बर वडामा र एमालेले २, ६, ७ र १० मा वडाध्यक्ष जितेका मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाएको छ । माओवादीले १४, १५ र १६ नं. मा प्यानलै जितेको छ ।



कांग्रेसबाट जित्‍ने वडाध्यक्षहरूमा १ मा मनोजकुमार चौधरी, ३ तिलक कटुवाल, ४ मा बद्री बस्‍नेत, ५ मा उद्धवकुमार थापा, ८ मा राजकुमार राउत, ९ मा राजकुमार दनुवार, ११ मा सुमन्त कोइराला, १२ मा चुडाराज काफ्ले र १३ मा नवीनकुमार चौधरी रहेका छन् ।

त्यस्तै, एमालेका २ मा घमानसिंह खत्री, ६ मा योगेन्द्र दाहाल, ७ मा अम्मर दनुवार र १० मा किरण पाण्डे तथा माओवादीबाट १४ मा हिमराज मगर, १५ मा गणेशप्रसाद तिम्सिना र १६ मा मानबहादुर राई वडाध्यक्ष निर्वाचित भएका हुन् ।



कांग्रेस र एमालेले जितेका वडाहरूमा छिटफुट मिश्रित परिणाम आएको छ भने माओवादीले जितेको तीनवटै वडामा प्यानलै आएको छ । प्रायः सबै वडामा एमाले, कांग्रेसबीच कडा प्रतिस्पर्धा भएको थियो ।

अघिल्लो निर्वाचनमा एमालेले कब्जा जमाए पनि बराबर रहेको सदरमुकाम त्रियुगामा यस पटकको निर्वाचन परिणामले पार्टीलाई झण्डै अस्तित्व रक्षाको अवस्थामा पुर्‍याएको देखाएको छ । 

  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार ८:३३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया