बजेटमाथि विष्णु पौडेलको टिप्पणी : सत्तारुढ गठबन्धनको चुनावी घोषणापत्र

नेकपा एमालेका उपाध्यक्ष सरकारले ल्याएको बजेटलाई सत्ता गठबन्धनको चुनावी घोषणापत्रको संज्ञा दिएका छन् । आज बसिरहेको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफलमा धारणा राख्दै उनले सरकारको बजेटलाई चुनावी घोषणापत्र र चुनावी प्रचारको संज्ञा दिएका हुन् । 

‘अर्थतन्त्रका चुनौतीलाई व्यवास्था गरिएको छ । सस्तो लोकप्रियताका लागि अनुकूल ठानिएका र बिना तयारीका दीर्घकालिन प्रकृतिका योजना र कार्यक्रमको चाङ लगाइएको छ । सारतः यो बजेट बजेट नभएर सत्तारुढ गठबन्धनको चुनावी घोषणापत्र जस्तो, चुनावी प्रचार जस्तो छ । मतदातालाई भ्रममा पारेर भोट बटुल्ने उद्देश्यले आएको छ,’ पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले भने । 

उनले सरकारले बोक्नै नसक्ने आर्थिक दायित्व सिर्जना गरेको पनि आरोप लगाए । पौडेलले बजेट संकटपूर्ण अर्थतन्त्रलाई सही बाटोमा फर्काउने हुनुपर्ने भए पनि त्यसमा सरकार चुकेको पनि बताए ।

‘यो बजेट आगामी पाँच महिनाका लागि दैनिक प्रशासनिक खर्च, चालू आयोजनाको निरन्तरता, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा आवश्यक पर्ने खर्चका लागि स्रोत व्यवस्थापन र विनियोजनमा केन्द्रित हुनुपर्दथ्यो । संकटपूर्ण बन्दै गएको अर्थतन्त्रलाई ठीक बाटोमा फर्काउन तत्काल चाल्नुपर्ने कदमा केन्द्रित हुनुपर्दथ्यो,’ उनले भने ।





  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार ११:३३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया