राष्ट्रपति भण्डारी पुगिन् सुर्खेत, काँक्रेविहारको अवलोकन गर्ने
फाइल तस्वीर

राष्ट्रपति विद्यादेवी भण्डारी अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेत पुगेकी छन् । 

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल बडीमालिका जाने कार्यक्रमअनुसार उनी आज सुर्खेत आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले राष्ट्रपति भण्डारी आज १ः४५ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत आइपुगेकी जानकारी दिए ।

उनी नेपाली सेनाको सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टर निमारेमा बास बस्ने र बुधबार बिहान बाजुरातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले आज अपरान्ह सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गर्ने कार्यक्रम छ ।





  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार १७:२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया