ओली–नेपाल एउटै समितिमा

एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभाअन्तर्गतको एउटै समितिको सदस्य बनेका छन् । उनीहरु दुवैजना प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य भएका छन्। 

ओलीलाई अन्तर्राष्ट्रिय समितिको सदस्य बनाउने प्रस्ताव संसदबाट अनुमोदन भएको छ। अन्य समितिहरुमा रहने सांसदहरुको नाम पनि हेरफेर भएको छ।

एमाले सत्ताबाट बाहिरएको झण्डै एक वर्षपछि तत्कालीन समयमा मन्त्री भएका सांसदहरुको नाम समितिमा हेरफेर गरिएको हो। अरु दलले पनि आफ्ना सांसदहरुको समिति हेरफेर गरेका छन्।

मन्त्री भएपछि समितिको सदस्यबाट स्वतः हट्ने व्यवस्था छ। दलहरुले दिएको नामका आधारमा मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समितिमा रहने सांसदहरुको नाम पेस गरेर अनुमोदन गरेका हुन्।





  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार १८:३०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया