म सबैलाई सफल बनाउन आएको मान्छे हो : हर्क साम्पाङ

धरानका मेयर हर्कराज साम्पाङले आफू कसैलाई असफल बनाउन नआएको बताएका छन् । साथै उनले आफू पनि असफल नहुने उल्लेख गरेका छन् । उनले आफ्नो अभियान सबैलाई सफल बनाउने भएको भन्दै सबैलाई सकारात्मक सोच्न आग्रह गरेका छन् ।

'मलाई कसैले असफल बनाउन सक्दैन किनकि म आफू सफल बन्न आएको होइन म त सबैलाई सफल बनाउन आएको मान्छे ! बि पोजेटिभ गाइज,' उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले पानीसम्बन्धी कुनै पनि समस्या आए आफूले उपलब्ध गराएको मोबाइल नम्बरमा फोन गर्ने पनि अनुरोध गरेका छन् । उनले खानेपानीसँग सम्बन्धित समस्या आफूले उपलब्ध गराएको नम्बरमा बिहान ११ बजेदेखि १ बजेसम्ममा सुनाउन उनले भनेका हुन् । उनले झूटा गुनासा नगर्न पनि आग्रह गरेका छन् ।





  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार १८:३८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया