सांसद साहले जनता आवास कार्यक्रमको संयोजकबाट दिए राजीनामा

मधेस प्रदेशका एक सांसदले जनता आवास कार्यक्रमअन्तर्गत संयोजक पदबाट राजीनामा दिएका छन् । 

जनता समाजवादी पार्टी नेपालको तर्फबाट बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य पारसप्रसाद साहले जनता आवास कार्यक्रमअन्तर्गत बारा जिल्लाको संयोजक पदबाट राजीनामा दिएका हुन् । सांसद साहले भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवसमक्ष राजीनामा पत्र बुझाएका छन् । 

उनले आर्थिक वर्ष ०७८/०७९ मा विनियोजित गरिएको रकमबाट नेपाल सरकारको सूचीमा पर्ने दलित समुदाय मध्येबाट प्रदेशले दिएको निर्देशिका भित्र रही कार्यक्रम अगाडि बढाउनु पर्नेमा प्रदेश सरकार मातहत रहेको सहरी भवन कार्यालयका प्रमुखसँग विगत ८ महिनादेखि पटक पटक समन्वय गरि मिटिङ बसाई कार्य विधि बमोजिम लाभग्राहीले दिएको निवेदनअनुसार कर्मचारी खटाइ अनुगमन गराइ छनोट गर्नुपर्नेमा कार्यक्रमप्रति कुनै किसिमको काम कारबाही अगाडि बढाइएकाले आफूले पदबाट राजीनामा दिएको बताएका छन् । 

कुनै पनि मितिको निर्णयलाई कार्यान्वयन नगरी विना कुनै जानकारी रौतहट जिल्लामा बनेको घरहरूको बक्यौता भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत नेपाल सरकारसँग माग गर्नको सट्टा बारा जिल्लाकै रकम रकामान्तर गर्न ३ महिनादेखि सिफारिस गरी प्रदेशको भौतिक मन्त्रालयमा लगेको र बाराको कार्यक्रम अगाडि बढाउन कुनै किसिमको प्रक्रिया बढाउन नसकेको तथा प्रदेशको निर्देशिकाभित्र पनि नरही आफ्नो मनोमानी तरिकाले जनता आवास कार्यालय तथा बाराका कर्मचारीहरुलाई समेत बेवास्ता गरिएको उनको आरोप छ । 

उनले गैरकानुनी रुपले कार्यक्रम संचालन गर्न खोजेको विषयमा ३/४ पटक भौतिक पूर्वाधार विकास मन्त्रीलाई र १०औं पटक मुख्यमन्त्रीलाई समेत जानकारी गराए पनि कार्यक्रममा कुनै किसिमको परिर्वतन नदेखिएकोले आफूले आजैको मितिदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएको जानकारी दिए ।





  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार १९:५९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया