म्यानमारको राजधानी यांगुनमा मंगलबार बम विस्फोट भएको छ ।
विस्फोटनमा परी कम्तीमा एकजनाको मृत्यु भएको र अरु नौजना घाइते भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
अत्यन्त व्यस्त रहेको बेला स्थानीय समय अनुसार दिउँसो ३.२० बजे राजधानी यांगुननमा विस्फोटन भएको प्रहरीको भनाइ छ ।
राजधानीस्थित बसपार्कनजिकै विस्फोटन भएको हो । घटनाका बारेमा थप अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।