एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली श्रीलंकाविरुद्ध बराबरीमा रोकिएको छ । गएराति सम्पन्न अनौपचारिक मैत्रीपूर्ण खेलमा अग्रता जोगाउन नसक्दा नेपाल १–१ को बराबरीमा रोकिएको हो ।
श्रीलंकाविरुद्ध नेपाललाई कप्तान नवयुग श्रेष्ठले सुरुवाती अग्रता दिलाएका थिए । तर, नेपाली टिम सम्हालिन नसक्दा श्रीलंकाले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्यायो । श्रीलंकाका लागि मारियाथास निथर्शनले गोल गरे ।
कतारमा नेपालको यो दोस्रो बराबरी हो । पहिलो मैत्रीपूर्ण खेलमा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी खेलेको थियो । नेपालले तेस्रो अभ्यास खेलमा २० जेठमा ओमानको सामना गर्ने तालिका छ ।
एएफसी एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपालले जुन ८ देखि १४ सम्म आयोजक कुवेत, इन्डोनेसिया र जोर्डनसँग छनोट खेल खेल्ने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।