आइतबार विद्यालय बन्द नगर्ने छायाँनाथ रारा नगरपालिकाको निर्णय

नेपाल सरकारले १ जेठबाट सातामा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरे पनि छायाँनाथ रारा नगरपालिकाले त्यो निर्णय लागू नगर्ने भएको छ । मंगलबार छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

छायाँनाथ रारा नगरपालिका नगर शिक्षा समितिको निर्णयअनुसार आईतबार विद्यालय बन्द गर्नु पर्दा हिमाली जिल्ला मुगुमा शिक्षा क्षेत्रमा असर पर्ने हुँदा नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयलाई आइतबार बन्द नगर्ने निर्णय भएको मेयर भामले बताए । 

उनका अनुसार शनिबारबाहेक अन्य दिन निरन्तर विद्यालय सञ्चालन गरिनेछ । 'सातामा दिइने दुई दिन बिदाले मुगुमा शिक्षा क्षेत्र खस्कने अवस्था देखिएको हुँदा नगर शिक्षा समितिद्वारा हामीले आइतबार विद्यालय बन्द नगर्ने निर्णय गरेका हौं ', नगर प्रमुख भामले भने । 

अझै पुगेन पाठ्यपुस्तक

शैक्षिक सत्र सुरु भएको करिब एक साता बितिसक्दा पनि मुगुमा हालसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । पुस्तक खरिदको जिम्मा पाएको जय लक्ष्मी पुस्तक भण्डारलाई जिल्लामा छिटो पुस्तक पुर्‍याउन निर्देशन दिइएकाे छ ।

जिल्लामा समयमै पुस्तक हातमा नपुग्दा पढाइ बिथोलिएको छ ।  मुगुमा अन्य जिल्ला जस्तो इन्टरनेटको गतिलो पहुँच छैन ।   



 



  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार ९:४६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया