टायरमा समस्या देखिएपछि भद्रपुर उडेको बुद्ध एयरको जहाज काठमाडौं फर्कियो
सांकेतिक तस्वीर

झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार टायरमा समस्या देखिएपछि भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज बीचबाटै काठमाडौं फर्किएको हो । 

फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान ११ बजेर १० मिनेटमा सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । विमानमा ६९ जना यात्रु सवार थिए । 

 प्रवक्ता सिटौलाका अनुसार अहिले जहाजको प्राविधिक जाँच भइरहेको छ । 





  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार ११:५०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया