राप्रपा बैठक : स्थानीय तह निर्वाचनको समीक्षा, प्रदेश र संघीय निर्वाचनको रणनीतिबारे छलफल

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । 

काभ्रेको धुलिखेलस्थित मिराबल रिसोर्टमा बुधबारबाट सुरु भएको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रदेश र संघीय निर्वाचनको रणनीतिक तयारीबारे छलफल भइरहेको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

स्थानीय तह निर्वाचनपछि बसेको राप्रपा कार्यसम्पादन समितिको यो पहिलो बैठक हो ।

बैठकमा अध्यक्ष अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलगायत शीर्षस्थ नेताहरू सहभागी छन् । 

बैठक बिहीबारसम्म चल्ने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।
 





  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार १७:२७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया