प्रचण्डलाई रामचन्द्रको जवाफ : कांग्रेसले हार बेहोरेर पनि देश र जनता बचाएको छ

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन् । बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत पौडेलले प्रचण्डलाई जवाफ फर्काएका हुन् । 

बुधबार काठमाडौंमा भएको कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले स्थानीय तहमा धेरै ठाउँ जितेपछि कांग्रेस नेताहरूमा ओलीको जस्तो दम्भ आएको बताएका थिए । उनले कांग्रेस नेताहरुले धेरै दम्भ देखाए एमालेलाई जस्तै कांग्रेसलाई पनि ठेगान लगाउने भन्दै धम्की दिएका थिए । 

सोही अभिव्यक्तिको जवाफमा पौडेलले इतिहासमा कांग्रेसले धेरै हार बेहोरेर पनि देश र जनता बचाउने काम गरेको उल्लेख गरेका छन् । 

उनले लेखेका छन्, ‘इतिहासमा कांग्रेसले धेरै हार बेहोरेर पनि देश र जनता बचाउने काम गरेको छ । त्यसैले हामी हार बेहोर्न तयार छौँ, तर राष्ट्र , जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौँ !’





  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार १८:१०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया