बालेनले भेटे प्रधानमन्त्री, पूर्ण समर्थन रहने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौंमहानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले प्रधानमनत्री शेरबहादुर देउवासँग भेट गरेका छन् । 

भेटमा प्रधानमन्त्री देउवाले बालेनलाई बधाई दिँदै पाँचवर्षे कार्यकालमा आफ्नो पूर्ण समर्थन र सहयोग हुने प्रतिबद्धता जनाएका थिए । 

‘तपाईंले चमत्कार गर्नुभयो, म खुशी छु,’ भेटमा प्रधानमनत्रीले भने, ‘५ वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ । मलाई २४ घण्टा नै सम्झन सक्नुहुनेछ।’ 

महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत रहेको र विकासको काममा सहयोग आफ्नो सहयोग हुने प्रधनमन्त्रीको भनाइ थियो । 

देउवाले भने, ‘फोहोर व्यवस्थापनको लागि जे–जे उपाय छ लगाउनुहोला, केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैबाट सहयोग हुनेछ।’

यसअघि बालेनले महानगरको मतगणना चलिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । उनको सो भेटबारे विभिन्न टीकाटिप्पणी सुरु भएो थियो ।  





  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार १८:११:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया