बागमतीको नीति तथा कार्यक्रम मासु नभएको अस्थिपञ्जर जस्तोः पूर्वमुख्यमन्त्री पौडेल

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक वर्ष ०७९–०८० को नीति तथा कार्यक्रम अपुरो, अधुरो र खोक्रो भएको बताएका छन् । प्रदेशसभाको नीति तथा कार्यक्रममाथि धारणा राख्दै पौडेलले नीति तथा कार्यक्रम मासु नभएको अस्थिपञ्जर जस्तो मात्रै भएको बताए ।

उनले समाजवादका कुरा गरिए पनि व्यवहारमा नदेखिएको र आफूले खोजेको कुरा नीति तथा कार्यक्रममा नभेटिएको बताए । आफ्नो नेतृत्वको सरकारले बनाएको नीति तथा कार्यक्रम फिक्का बनाउने ढंगले अहिलेको कार्यक्रम आउने अपेक्षा गरेको, तर त्यसो नभएको उनले बताए ।

समाजवादको नारा र कुरा गर्नेहरुले समाजवादी कार्यक्रम नल्याएको उनको दाबी छ ।

त्यसैगरी, बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले यो नीति तथा कार्यक्रम बेवारिसे बन्ने निश्चित भएको दाबी गरेकी छिन् । 

उनले हेटौँडा कपडा उद्योग ध्वस्त भएको र चलायमान नभएको बताउँदै त्यही उद्योगबाटै उत्पादन भएको लुगा लगाउनैपर्छ भनेर केन्द्रीय बजेमार्फत निर्देशन जारी गर्नु उचित नभएको बताएकी छिन् । 

महिला हिंसामुक्त प्रदेश बनाउन प्रदेशले विशेष नीति तथा कार्यक्रम ल्याउनुपर्ने उनले जोड दिइन् ।





  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार १८:३४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया