बालेनलाई प्रधानमन्त्री देउवाले भने- तपाईंले त चमत्कार नै गर्नुभयो

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह बालुवाटार पुगेका छन् ।

बुधबार प्रधानमन्त्री निवास पुगेर शाहले बुधबार प्रधानमन्त्री देउवासँग भेटघाट गरेका हुन् । मेयरमा निर्वाचित भएकोमा शाहलाई प्रधानमन्त्री देउवाले बधाई दिएका थिए ।

'शाहलाई बधाई दिँदै प्रधानमन्त्री देउवाले तपाईंले चमत्कार गर्नुभयो । म खुसी छु । पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ भन्नुभयो,' बालेनका सहयोगी कुमार व्यञ्जनकारले बालेनलाई उदृद गर्दै भने । 

काम पर्दा आफूलाई २४ घन्टा सम्झन बालेनलाई प्रधानमन्त्रीले आग्रह गरेको उनले बताए । प्रधानमन्त्री देउवासँग  बालेनले आफूलाई विश्वास र साथ दिन आग्रह गरेका थिए । 





  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार १८:४१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया