स्कटल्याण्डलाई हराउँदै युक्रेन विश्वकप नजिक

युक्रेनले विश्वकप युरोपेली छनोटको फाइनलमा स्थान सुरक्षित गरेको छ । गएराति प्ले अफको सेमिफाइनलमा घरेलु टोली स्कटल्याण्डलाई ३–१ ले पराजित गर्दै युक्रेन विश्वकप नजिक पुगेको हो । 

अब युक्रेनले फाइनलमा आइतबार वेल्सको सामना गर्नेछ । यो खेलको विजेता विश्वकपमा छनोट हुनेछ । हाम्पडेन पार्कमा युक्रेनलाई जित दिलाउन एन्ड्री यार्मोलेन्को, रोमन यारेमचुक र अर्टिम डोभ्यकले गोल गरे । 

स्कटल्यान्डका कलुम म्याकग्रेगरले एक गोल फर्काए । खेलको ३३ औं मिनेटमा यार्मोलेन्कोले रुस्लान युक्रेनलाई अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा यारेमचुकले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे । 

७९ औं मिनेटमा स्कटल्याण्डका  म्याकग्रेगरले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । थप गरिएको समयमा डोभ्यकले गोल गरेपछि युक्रेनले ३–१ को सहज जित निकाल्यो । 

यो खेल गत मार्चमै हुनुपर्ने भएपनि रसियाले युक्रेनमाथि आक्रमण गरेपछि सारिएको थियो । 





  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार ७:११:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया