इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन इन्टरनेट प्रदायक संघ नेपाल (आईस्पान) ले जुनसुकै बेला इन्टरनेट बन्द हुनसक्ने चेतावनी दिएको छ ।
पछिल्लो समय इन्टरनेट वितरण केन्द्रहरूमा नेपाल विद्युत् प्राधिकरणले बिजुली काटिरहेको भन्दै आईस्पानले इन्टरनेट बन्द हुनसक्ने जनाएको हो ।
योसँगै कक्षा १२ को सञ्चालित परीक्षामा समस्या आउनसक्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को प्रश्नपत्र परीक्षा केन्द्रहरूमा अनलाइनबाट पठाउँदै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।