खगराज अधिकारीको व्यंग्य : सरकारले आकाशका जुन तारा झार्ने गरी बजेट ल्यायो

नेकपा एमाले सांसद खगराज अधिकारीले सरकारले ‘आकाशका जुन तारा झार्ने गरी’ ल्याएको भन्दै व्यंग्य गरेका छन् । बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/८० को आय व्ययमाथि सामान्य छलफलमा भाग लिँदै उनले सरकारले यो बजेट कार्यान्वयन गर्न नसक्ने बताए ।

पूर्वमन्त्री समेत रहेका अधिकारीले २० प्रतिशत अपार्टमेन्ट विदेशी नागरिकलाई दिने भनिए पनि अमूक कुन व्यापारीलाई दिन खोजिएको हो स्पष्ट नभएको बताए । उनले यो देखावटीका लागि गरिएको पनि दाबी गरे ।

‘यो जनता विरोधी सरकार हो । न्यून वेतन कर्मचारीको तलब बढेको छैन । केही कर्मचारीको मात्र १५ प्रतिशत बढेको छ । अनि यो सरकार कसरी समाजवादी हुन्छ,’ अधिकारीले भने ।

बजेटमाथि समान्य छलफल हुँदा पनि अर्थमन्त्री सदनमा उपस्थित नहुनुले व्यवस्थालाई नै गिज्याएको उनको भनाइ छ । अधिकारीले स्यानिटरी प्याडको कच्चा पदार्थ आयातमा ९० प्रतिशत छुट दिने भनिएको आफूनिकट व्यापारीलाई पोस्न ल्याइएको पनि आरोप लगाए । शिक्षा र स्वास्थ्यमा बजेट घटाइएको भन्दै उनले आपत्ति पनि जनाए । 





  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार १३:१७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया