रुसी राष्ट्रिपति पुटिनलाई पेलेको पत्र

विश्व फुटबलका महान् खेलाडी पेलेले युक्रेनमाथिको आक्रमण रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आग्रह गरेका छन् । ८१ वर्षीय पेलेले सामाजिक सञ्जालमार्फत पुटिनको नाममा एक भावुक पत्र लेख्दै युद्ध रोक्न आग्रह गरेका हुन् । 

युक्रेन स्कटल्यान्डलाई ३–१ ले हराउँदै विश्वकप युरोपियन छनोटको फाइनल पुगेकै दिन उनले इन्स्टाग्राममा लेखेका छन्, ‘युक्रेनले पूरा ९० मिनेट आफ्नो देशको वर्तमान हालत भुल्ने कोसिस गर्‍यो । यसकै पनि विश्वकपमा छनोट हुन त्यति सहज छैन खासगरी देशको हातल खराब भएको बेलामा त झन् असम्भव जस्तै । किनकि यहाँ करोडौं मानिसको जीवन दाउमा लागेको छ । युद्ध रोक्नु नै उचित हुनेछ । यसलाई कुनै पनि हातलमा सही मान्न सकिँदैन ।’ 

उनले पुटिनलाई सम्बोधन गर्दै अगाडि लेखेका छन् ‘जब हामी पछिल्लोसमय भेटेका थियौं एक अर्कासँग हात मिलाउँदै मुस्कुराएका थियो । मैले कहिल्यै पनि सोचेको थिइन कि हामीबीच यस्तो मतभेद आउला भनेर । युद्ध रोक्नु तपाईंकै हातमा छ जुन हात मैले सन् २०१७ मा भएको पछिल्लो भेटमा मिलाएको थिए ।’ 

संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तका अनुसार जारी रुस–युक्रेन युद्धमा हालसम्म ४ हजारभन्दा बढीको मृत्यु हुँदा तथा ५ हजारभन्दा बढी घाइते भएका छन् । 





  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार १६:१२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया