'बजेटले समाजवादोन्मुख अर्थतन्त्रको व्यवस्थालाई अवलम्बन गर्न सकेन'
फाइल तस्वीर

सांसद डा. भीम रावलले देश आर्थिक संकटमा परेका बेलामा अध्ययन नगरिकन बजेट आएको र कार्यान्वयनमा कठिनाइ हुने बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सैद्धान्तिक छलफलका विषयमा उनले बजेटले समाजवादोन्मुख अर्थतन्त्रको व्यवस्थालाई अवलम्बन गर्न नसकेको बताए । 

सांसद रावलले नेपाल पनि आन्तारिक र बाह्य ऋणको चपेटामा पर्न सक्ने कुरा आइरहेका अवस्थामा बजेटले त्यो कुरालाई ध्यान दिन नसकेको सुझाव दिए । सांसद रावलले सगरमाथासम्म दुई घण्टामा पुग्ने द्रुतमार्ग बनाउने, काठमाडौंबाट चितवन एक घण्टामा पुग्ने द्रुतमार्ग बनाउने पनि बजेटको सस्तो लोकप्रियता भएको धारणा राखे ।

प्रतिनिधिसभाको आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल सकिएको छ । छलफलमा उठेका प्रश्नको जवाफ भोलि अर्थमन्त्रीले दिने कार्यसूची रहेको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सैद्धान्तिक छलफल सकिएको र अर्थमन्त्रीले सो बारेमा उठेका सवालको जवाफ यही जेठ २० गते बस्ने बैठकमा दिने जानकारी गराए । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २० गते ११ बजे बस्नेछ ।





  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार १९:३९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया