बालेन-सुनितासँगको भेटमा मन्त्री झाँक्रीले भनिन् : सहकार्य गर्न मन्त्रालय सधैं तयार छ

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका नवनियुक्त प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलसँग भेटवार्ता गरेकी छन् । उनले मन्त्रालयमा दुवैलाई बधाई दिँदै काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न मन्त्रालय सधैं तयार रहेको बताएकी छन्।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताउँदै उनले बन्चरेडाँडामा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने बताइन् । 

‘तत्काललाई काठमाडौंको फोहोर व्यवस्थापन बन्चरेडाँडामा पुरानै किसिमले गरे पनि यसको वैज्ञानिक व्यवस्थापन जरुरी छ । महानगरसँग मन्त्रालय सधैं सँगसँगै मिलेर काम गर्न तयार छ‚’ उनले भनिन् ।

उनले काठमाडौं महानगरपालिकाभित्र युटिलिटी करिडोर निर्माणको कामसमेत मन्त्रालयले गर्न लागेकाले सहकार्य जरुरी रहेको बताइन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख शाहले बन्चरेडाडाँडा ल्यान्डफिल्ड साइटमा फोहोर विसर्जनका लागि मन्त्रालयले सहयोग गर्नु पर्ने धारणा राखे । उनले मन्त्रालयले गरेका प्रतिबद्धता शतप्रतिशत कार्यान्वयन गर्न अनुरोधसमेत गरे । 
 





  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार २१:२४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया