नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई पनि प्रधानमन्त्रीको कार्ड फ्याकेको बताएका छन्।
पार्टीको कर्णाली प्रदेशको पूर्ण बैठक, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई कार्यक्रम, चुनाव समिक्षामा सहभागी हुन बिहीबार सुर्खेत आएका अध्यक्ष नेपालले पत्रकार सम्मेलनमा गठबन्धनलाई भत्काउन प्रधानमन्त्रीको कार्ड फ्याक्ने गरेको बताएका हुन्। ‘प्रचण्डलाई प्रधानमन्त्रीको कार्ड फ्याकेको समाचार सुने,’ नेता नेपालले भने, 'उहाँ (प्रचण्ड)लाई जस्तै मलाई पनि आएको छ। तर, म भुलमुलैयामा पर्दैन्।’ नेता नेपालले कसले प्रधानमन्त्रीको कार्ड फ्याकेको त्यो भने खुलाएनन्।
अब पनि प्रधानमन्त्रीको कार्ड फ्याकेर मान्छेलाई पटमुर्ख बनाउने तरिकाले चालबाजी आफूहरुले राम्ररी बुझेको नेता नेपालको भनाई छ। ‘म प्रष्ट मान्छे हुँ। छलकपट र धोका दिन आउँदैन्।’
अध्यक्ष नेपालले भने, ‘लोभीपापी, जालझेल र भुलभुलैयामा हामीहरु पर्दैनौं।’
एमालेलाई नेता नेपालले भने सुध्रिएर आए बाम गठबन्धनका बारेमा सोच्न सकिने समेत बताए। एमाले अध्यक्ष केपी ओलीतिर संकेत गर्दै नेता नेपालले भने अंहकार लिनेहरु विनाशको बाटोतिर जाने र हेर्दाहेर्दै समाप्त हुन्छन्। अहिले आएको बजेट चुनावी बजेट नभएर जनताको पक्षमा बजेट आएको भन्दै नेता नेपालले भने, ‘संसद भंग गरेर चुनाव घोषणा गरेको अवस्थामा ल्याएको बजेट भएको भए चुनावी बजेट भन्न मिल्ने तर, अहिले त्यो परिस्थित छैन्।’
अब पार्टीको कार्यक्रम चुनाव लक्षित हुने नेपालले बताए। ‘यसपालीको चुनाव नजिताले राम्रो संकेत गरेको छ। पार्टीको निति र चुनाव चिन्ह जनताको घरघर पुग्ने गरि कार्यक्रमहरु गर्ने छौं।’ अध्यक्ष नेपालले भने, प्राविधिक समस्याका कारण कलम चिन्ह मत बदर भएकाले केही सिट गुमाउनु परेको हो।’ निर्वाचन प्रकृयामा केही गल्ति भएको, चुनावमा पैसा बढी खर्च, मतदाता किनबेच, भोजभतेर र निर्वाचन आयोगका केही कर्मचारीको बदमासीका कारण चुनावमा पार्टीले केही स्थानमा क्षति बेर्होनुपरे पनि चुनावको नजिता गर्व गर्न लायक भएको नेता नेपालले बताए। ‘गठबन्धनले ल्याएको बजेटबाट उत्साही छौं।’ उनले भने, जनतासंग जोडिएर बजेट आएको छ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।