मैत्रीपूर्ण फुटबल खेलमा ओमानको सामना गर्दै नेपाल

नेपालले आज मैत्रीपूर्ण अभ्यास खेलमा ओमानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने १० बजे कतारको सुहिम बिन हमाद स्टेडियममा सुरु हुनेछ ।

एएफसी एसियन कप छनोटका लागि दोहामा तयारी गरिरहेको नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यसअघि नेपालले मैत्रीपूर्ण ​खेलमा टिमोर लिस्टको यू–२३ टोलीसँग २–२ तथा श्रीलंकासँग १–१ को बराबरी खेलेको थियो ।

नेपाली टोली कतारबाटै छनोटका लागि कुवेत जानेछ । छनोटको समूह ‘ए’ मा नेपाल कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरू जुन आठदेखि १४ सम्म हुनेछ । नेपालले ८ जुनमा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।

यस्तै, नेपालले ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियाको सामना गर्नेछ ।


 





  • प्रकाशित मिति : जेठ २०, २०७९ शुक्रबार ११:२८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया