शेयर बजारको ओरालो यात्रा कायमै, शुक्रबार नेप्से ३३.७६ अंकले घट्यो
फाइल तस्वीर

पछिल्लो एक साता शेयर बजार मापक नेप्से निरन्तर रुपमा गिरावट आएको छ ।

नेप्से साताको अन्तिम कारोबारको दिन शुक्रबार ३३.७६ अंकले घटेर २०७८.७० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.१८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८८ अंकले गिरावट आएको छ ।

शुक्रबार कारोबारमा आएका २२६ कम्पनीको ३८ लाख ४८ हजार कित्ता शेयर १ अर्ब ३० करोड ७३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

शुक्रबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । जसमध्ये व्यापार र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्सेमा भारी अंकले गिरावट आएपनि कारोबारमा आएका दुई कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा उन्नती सहकार्य लघुवित्त र बलेफी हाइड्रोपावर कम्पनी रहेका छन् । अन्य प्रायः सबै कम्पनीको शेयर मूल्य उच्च अंकले गिरावट आएको छ ।

कारोबार रकमका आधारमा ६ करोडभन्दा बढीको शेयर कारोबार गरेर एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । नागरिक लगानी कोषको ४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।





  • प्रकाशित मिति : जेठ २०, २०७९ शुक्रबार १७:१९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया